कावासोती । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार रुपन्देही जिल्लाको सोमरीमाई गाउँपालिका– ७ निवासी २० वर्षीय कृष्ण प्रसाद लोध पक्राउ परेका हुन् ।
मंगलबार साझा नवलपुरको कावासोती नगरपालिका – १६ चालिसकिलो स्थित पूर्व–पश्चिम राजमार्गको सडकखण्डमा चेकजाँचको क्रममा उनलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।
उनको साथबाट लागुऔषध डाइजेपाम ९८ एम्पुल, फेनारगन ९८ एम्पुल र बुर्फिनुर्फिन ९८ एम्पुल गरी जम्मा २९४ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कृष्णलाई लागुऔषध नियन्त्रण ऐन , २०३३ बमोजिम कारबाही अगाडि बढाइने प्रहरी नायब उपरीक्षक पाठकले बताए ।