२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा अत्यधिक गर्मी बढे सँगै विद्यालय थप २ दिन बिदा

२०८० जेष्ठ २५, बिहिबार प्रकाशित ( साल अघि) ११३८ पाठक संख्या

चोरमारा । अत्यधिक गर्मीका कारण मध्यविन्दु नगरपालिकाले विद्यालयहरूमा थप दुई दिन पठनपाठन बन्द गर्न भन्दै एक सूचना जारी गरेको छ ।

मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानप्रसाद पनेरुद्वारा हस्ताक्षरित सूचनामा मौसम सुधार नभएको जनाउँदै १९ गतेदेखि दिइएको बिदालाई निरन्तरता दिँदै २६ गते शुक्रबार सम्म गर्मी बिदा दिई पठनपाठन स्थगन गर्न भनिएको छ ।

विद्यालयमा अध्ययन अध्यापन गर्न गराउन कठिनाइ भएको भनी शिक्षक, विद्यालय तथा अभिभावकबाट प्राप्त सूचनाका आधारमा थप २ दिनसम्म बिदा गरिएको मध्यबिन्दु नगरपालिकाले जनाएको छ  ।

वर्षे बिदाबाट कट्टी हुने गरी यही जेठ १९ गतेदेखी २४ गते सम्म गरिएको बिदा शुक्रबार सम्म थप गरिएपछि अब मध्यविन्दु नगर क्षेत्रका विद्यालयहरूमा आइतबार मात्र पठनपाठन हुनेछ ।

गर्मीका कारण कावासोती नगरपालिका, देवचुली , गैडाकोट तथा हुप्सीकोट गाउँपालिका लगायतका स्थानीय तहले पनि विद्यालय पठनपाठन स्थगन गरिसकेका छन् । पछिल्ला केहिदिन यता तराई क्षेत्रमा अत्यधिक गर्मी बढिरहेको छ । नवलपरासी पुर्बको औषत ४० डिग्री माथी तापक्रम मापन गरिएको छ ।

1686165570757

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस