२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा सार्वजनिक सुनुवाई र नीति तथा कार्यक्रम, बजेट सम्बन्धमा राय सुझाव संकलन

२०८० जेष्ठ २५, बिहिबार प्रकाशित ( साल अघि) ६४३ पाठक संख्या

चोरमारा । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाले बिहिबार चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाईसंगै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सम्बन्धमा राय सुझाव संकलन गरेको छ ।

कार्यक्रममा उपस्थित भएका सेवाग्राहीहरुले नगरपालिकाबाट प्रवाह भएका सेवा, शिक्षा, स्वास्थ्य, कृषिका कार्यक्रम राजश्व संकलनको अवस्था, आगामी कार्यनिति लगायतको विषयमा जिज्ञासा राखेका थिए । उठेको सवालहरुको जवाफ दिदै मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु नगरपालिका भित्र आर्थिक अभावमा कुनैपनि बालबालिका विद्यालय शिक्षाबाट बञ्चीत हुने अवस्था सृजना हुन नदिन तर्फ नगरपालिका सजक रहेको बताउनुभयो ।

FB_IMG_1686233620737_copy_433x244

स्रोत र साधानको सिमितता, आवश्यकता अनुसारको दरबन्दी मिलान लगायतको काममा नगरपालिकाले अहिलेकाले अहिले काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले शिक्षालाई नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रमहरु सञ्चालन गरेको समेत उल्लेख गर्नुभयो ।

उहाँले नगरपालिकामा नवप्रवद्र्धन कार्यक्रम अन्तर्गत फोहर व्यवस्थापनको कार्यक्रमको शुरुवात भएको भन्दै क्रमशः नगरपालिका भित्रका सबै वडाहरुमा उत्पादन हुने फोहरहरुको वर्गिकरण सहित व्यवस्थापन हुने बताउनुभयो। उहाँले नगरपालिकाको सेवा प्रवाह र आन्तरिक सुशासनलाई सुदृण बनाउन स्थानीय समुदाय र सेवाग्राहीको महत्वपूर्ण भूमिका हुने भन्दै आवश्यक सुझावहरु दिन समेत उहाँले अनुरोध गर्नुृभयो । उहाँले प्राप्त सुझावहरुलाई समेटर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

FB_IMG_1686233634043

नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले चालु आर्थिक वर्षको हाल सम्म प्रगति समिक्षा, आय तथा खर्चको सार्वजनिकीकरण गर्नु भएको थियो । उहाँले यस वर्ष नगरपालिकाले तय गरेको लक्ष्य अनुसार राजश्व संकलनको अवस्था, विनियोजत बजेट कार्यान्वयनको अवस्थाबारे तथ्यांकगत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगर उपप्रमुख पूर्णकला चौधरीले नगरपालिकाको नेतृत्वमा हालको जनप्रतिनिधिहरु आएपस्चात सुशासन र पारदर्शितालाई पहिलो शर्तको रुपमा नियमित छलफल र सार्वजनिक सुनुवाई गरेको बताउनुभयो।

FB_IMG_1686233640241_copy_454x255

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, राजनितिक दलका प्रतिनिधि, शाखा प्रमुख तथा कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस