२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नदीमा डुबेर दुईजना बेपत्ता

२०८० जेष्ठ २८, आईतबार प्रकाशित ( साल अघि) २६५९ पाठक संख्या

मध्यविन्दु । नवलपुर स्थित कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन् ।

सनिवार दिउँसो १ बजे गैँडाकोट नगरपालिका वडा नं: ३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी सन्तोष पाठकले बताए ।

नदीले बगाएर बेपत्ता हुनेमा गैँडाकोट नगरपालिका वडा नं;२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका वडा नं; २ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेका छन् ।

बेपत्ताको खोजीका लागि ईलाका प्रहरी कार्यालय गैँडाकोट र शसस्त्र प्रहरी बलको टोलि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%३%११%३%

प्रतिक्रिया दिनुहोस