२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पनि चट्याङ लागेर एक जनाको मृत्यु

२०८० अषाढ ६, बुधबार प्रकाशित ( साल अघि) ४४४५ पाठक संख्या

कावासोती । नवलपरासी ( बर्दघाट–सुस्तापूर्व ) मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान् ६:३० बजे परेको चट्याङबाट जिल्लाको विनयी त्रिवेणी गाउँपालिका १ भटुकेका ५७ वर्षीय छविलाल सारुको मृत्यु भएको हो ।

खेतमा काम गरेको अवस्थामा सारूलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । चट्याङ्ग लागी घाईते भई घरमा ल्याउदा सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार पनि पश्चिम नवलपरासीमा १ जनाको चट्याङ्ग लागेर निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%६%३०%८%

प्रतिक्रिया दिनुहोस