२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा नमुना युवा संसद अभ्यास कार्यक्रम सुरु

२०८० अषाढ ८, शुक्रबार प्रकाशित ( साल अघि) ६७३ पाठक संख्या

चोरमारा । नमुना युवा संसद अभ्यास कार्यक्रम बिहिवारबाट मध्यविन्दुमा सुरु भएको छ ।

नमुना युवा संसद अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि मध्यविन्दु नगरपालिकामा ३ दिने नमूना युवा संसद अभ्यास कार्यक्रम संचालन गरेको हो ।

युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन भईरहेको छ ।

IMG 20230627 WA0016

मनगर युवा सञ्जालको पद्धादिकारीहरुलार्ई व्यक्तित्ब तथा नेतृत्व विकासको क्षमता वृद्धि गराउने उदेश्यका साथ नमुना युवा संसद अभ्यास शुभारम्भ गरिएको मध्यविन्दु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद रेग्मीले बताउनुभयो । उहाँले यस शिक्षाबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुग्ने र युवाहरुमा देश र देशको विद्यमान परिस्थितिबारे जागरुक गराउन मद्दत पुग्ने कुरामा जोडदिनुभयो।

उक्त कार्यक्रममा १६ देखि २४ बर्ष उमेर समुहका विभिन्न वडाबाट ३० जनाले सहभागिता जनाएका छन् । जसमा प्रशिक्षकको रुपमा नमुना युवा संसद विज्ञ वरिष्ठ प्रशिक्षक विवेक त्रिपाठीले कार्यक्रम अवधिभर सहजकर्ताका रुपमा रहने छन् ।

1687479543277

मध्यविन्दु नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद रेग्मीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखाका गिता चापागाईले गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस