२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

अरुणखोला बजार क्षेत्रको मासु र एग्रोभेट पसल अनुगमन

२०८० अषाढ ८, शुक्रबार प्रकाशित ( साल अघि) २१५२ पाठक संख्या

नवलपुर । पर्यटन तथा उद्योग कार्यलय नवलपुरले बुधबार बजार क्षेत्रमा मासु तथा एग्रोभेट पसल अनुगमन गर्दै पसल व्यवस्थित रुपमा सञ्चालन गर्न सुझाव दिएको छ ।

जिल्ला प्रशासन कार्यलय नवलपुरका सहायक अधिकारी सुभाष कुमार लामीछानेको नेत्रित्वोमा गएको टोलीले अनुगमन गरेको थियो । जुन टोलीमा पर्यटन तथा उद्योग कार्यलय प्रमुख सागर खनाल , भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र नवलपुरका प्रमुख रिषभ गुरागाई ,भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र अधिकृत सन्दीप लामीछाने ,  नेपाल घरेलु तथा साना उद्योग मध्यविन्दु नगर समिती अध्यक्ष देव लाल काफ्ले , मध्यविन्दु नगरपालिका पशु सेवा शाखा प्रमुख ज्ञान प्रसाद भट्टाई ,  मध्यविन्दु नगरपालीका उधोग वाणिज्य संघका महासचिव चेतन पौडेल लगाएतको टोलीले अनुगमन गरेका थिए ।

मध्यविन्दु नगरापालिका वडा नम्बर १० को अरुणखोला बजार क्षेत्रको अनुगमन गरिएको थियो । अरुणखोला बजारमा रहेका १४ मासु तथा एग्रो भेटहरु अनुगमन भएको हो ।

जसमा, अधिकांश मासु पसल दर्ता नभएको, कतिपय मासु काट्नेस्थल अव्यवस्थित, मासु काट्ने व्यक्तिले ग्लोब, बुट, इप्रोन नलगाई सुरक्षा नअपनाएको, अचानो तथा मासु छोप्ने कपडा राम्ररी सफा नगरेको, मासु खुला ठाउँमा राखेर समेत बिक्री हुने गरेको पाइएको थियो । मुल्यसूची पनि धेरैजसोले नराखेको , किराना पसल तथा मासु पसल एकै ठाउँमा राखेर बेचिएको , होडिङ बोर्ड नराखेको , होडिङ बोर्ड अनुसार फर्म दर्तामा नाम फरक फरक रहेको तथा समय अवधि सकिएको औषधीहरु एग्रो भेटमा भेटिएको थियो ।

यस्ता पसलहरुलाई नियमअनुसारको जरीवाना लगाइएको थियो ।भेटेरीनरी पसलमा बिषादी र औषधि एकैठाउँमा राखेर बेचेको, पसलमा मुल्यसूची सहितका व्यवस्थापनका कुरामा सुझाव दिइएको छ । अधिकांश पसललाई पर्यटन तथा उद्योग कार्यलयमा आएर मासु तथा भेटेरीनरीको प्रबर्द्धनका बारेमा स्पष्ट बुझ्न र सो अनुरुप कार्यान्वयनमा ल्याउन सुझाव दिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%३%३%१%१%४%

प्रतिक्रिया दिनुहोस