२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको नीति तथा कार्यक्रम : शिक्षा क्षेत्रलाई उच्चतम प्राथमिकता

२०८० अषाढ ११, सोमबार प्रकाशित ( साल अघि) ५४१ पाठक संख्या

चोरमारा । पुर्ब नवलपरासीको मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ९७ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ ।

आइतबार मध्यविन्दु नगरपालिकाको १३औँ नगरसभामा नगर उपप्रमुख पूर्णकला चौधरीले ९७ करोड ६० लाख ८७ हजार पाँच सय ९० रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

कुल बजेटको ३३.१३ प्रतिशत शिक्षामा छुट्टाइएको छ जसमा विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तकको उपलब्धता , विद्यालयको भौतिक संरचना, खानेपानी ,सरसफाई , प्रविधिमैत्री विद्यालय जस्ता थुप्रै योजना समावेश रहेका छन् ।

नगर उप- प्रमुखले प्रस्तुत गर्नु भएको बजेट वक्तव्य अनुसार ३० करोड ९४ लाख ५० हजार रुपैयाँ शिक्षा तर्फको बजेट र प्रस्तावित बहुप्राविधिक शिक्षालय सञ्चालन अनुदान एक करोड ४० लाख गरि कुल ३२ करोड ३४ लाख ५० हजार रुपैया विनियोजन गरिएको छ ।

मध्यविन्दु नगरपालिकाले शिक्षामा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गरी हाम्रो खुशी पाठ्यक्रम कार्यान्यवनमा लैजाने नगरपालिकाले योजना समेत अगाडी सारेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस