२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा होमस्टे पर्यटन विकास सम्बन्धि आधारभुत तालीम सम्पन्न

२०८० अषाढ २६, मंगलबार प्रकाशित ( साल अघि) ७३३ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दुमा होमष्टे ( घरबास) पर्यट्न विकास सम्बन्धि आधारभुत तालीम सम्पन्न भएको छ ।

संस्कृति पर्यटन तथा उडड्यन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा मध्यविन्दु २ स्थित नन्दपुर मगर सामुदायिक होमष्टेमा ४ दिने होमष्टे आधारभुत तालीम मंगलबार सम्पन्न भएको हो ।

हालसालै संञ्चालनमा आएको होमष्टेलाई कसरी व्यवस्थापन गरी सफल गराउन सकिन्छ भन्दै तारा गाउँ विकास समितिका कार्यक्रम संयोजक तथा प्रशिक्षक धनश्याम ढकाल लगाएतको टोलीले प्रशिक्षण गराएको थियो ।

IMG 20230711 WA0026

सहभागीलाई होमस्टे प्रवद्र्धन र बजारीकरण, पर्यटन प्रवद्र्धनका साधन र उपयोग, नेपालको सन्दर्भमा होमस्टे, होम स्टेसम्बन्धी कानुनी प्रबन्ध, पर्यटकीय पूर्वाधार र सेवालगायत विषयमा सैद्धान्तिक ज्ञान दिईएको थियो।

यसैगरी सफल होमस्टेका व्यावसायिक सफलताका कथा, होमस्टे सञ्चालन र व्यवस्थापन, पाहुनाको स्वागत र विदाइ सत्कार र स्थानीय पर्यटकीय स्थल लगायतको सैद्धान्तिक ज्ञानको विषयमा चर्चा गरिएको सहभागीहरुले बताएका थिए ।

IMG 20230711 WA0051

कार्यक्रमका प्रमुख अतिथी मध्यविन्दु वडा नम्बर २ का वडाअध्यक्ष रामभक्त अधिकारीले होमष्टे संचालनमा ल्याउनु मात्र ठुलो कुरा नरहेको बताउदै यसलाई सहि तवरबाट सन्चालन गरि स्थानिय स्तरको विकास संगै जिविकोपार्जनको बाटोलाई फराकिलो पार्न सहयोग पुग्ने बताउनुभयो । जसको लागी तालिममा सिकेका सिप व्यवहारमा उतार्न आग्रह गदै मध्यविन्दुलाई पर्यटन क्षेत्रको गतव्य बनाउन सुभकामना समेत दिनुभयो ।

नन्दपुरमा पनि प्राकृतिक शौन्दर्यता संगै मगर समुदायको कला, धर्म , संस्कृति भेषभुषा संगै पर्यट्न क्षेत्रको विकास र त्यस क्षेत्रको स्थानीयहरुको जिविकोपार्जन उकास्न भन्दै संञ्चालनमा त्याईएको होमष्टे (घरबास) स्थापना संगै सञ्चालन गरिएको तालीमले होमष्टे व्यवस्थापनमा टेवा पुग्ने होमष्टेका अध्यक्ष कुल बहादुर थनेत बताउनुभयो ।

IMG 20230711 WA0038

पर्यट्न विकास सम्बन्धि आधारभुत तालिम समापन कार्यक्रममा होमष्टेका अध्यक्ष कुल बहादुर थनेतको अध्यक्ष्तामा भएको हो भने वडाअध्यक्ष रामभक्त अधिकारी प्रमुख अतिथी रहनुभएको थियो।

कार्यक्रममा नगर प्रमुखका सल्हाकार अमृत ज्ञवाली विशिष्ठ अतिथि र होमस्टेक महासंघ नेपाल गण्डकी प्रदेश कमिटिका अध्यक्ष धनीराम गुरौ विशेष अतिथी रहनु भएको थियो ।

IMG 20230711 WA0019

त्यस्तै अतिथीहरुमा नवलपुर होटल व्यवसायी संघका अध्यक्ष सन्तोष राना, नागरीक आवाजका प्रमुख गोविन्द अर्याल, नन्दभाऊजु उपभोक्ता समितिका अध्यक्ष डिल्ली राम थनेत, मध्यबिन्दु नगरपालिका सामाजीक विकास शाखाका प्रमुख विष्णु प्रसाद शर्मा , नगर खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिङ ठकुरी , वडासदस्य वेनि राम थारु, तिलक राम थनेत र कार्यपालिका सदस्य नारायण कार्की लगायत विभिन् संघ संस्थाका प्रमुख तथा प्रतिनीधि र स्थानीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

IMG 20230711 WA0028

तालिममा पाक शिक्षाका प्रशिक्षक श्याम कुमार खड्काले प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा तुलसी थनेतले सफलताको कामना सहित शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिममा २२ जनाको सहभागिता रहेका थिए । तालिम पछि सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस