२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कोरा साईक्लिङ्ग च्यालेन्ज तयारी पुरा

२०८० अषाढ २९, शुक्रबार प्रकाशित ( साल अघि) १०५७ पाठक संख्या

घनश्याम बगाले

कावासोती । पूर्वी नवलपरासीमा आयोजना हुने कोरा साईक्लिङ्ग च्यालेन्जको तयारी पूरा भएको छ । शनिवार कावासोती साईक्लिङ्ग ग्रुपले जिप्रका नवलपुर परिसरमा गरेको प्रेसमिटमा ग्रुपका अध्यक्ष अजय श्रेष्ठ, ज्योतिले सो जानकारी दिनु भएको हो । च्यालेन्ज अभियानमा आवश्यक स्वास्थ्य, सडक सुरक्षा, एम्बुलेन्स जस्ता अत्यावश्यकीय प्रवन्ध सम्वन्धित सरोकार पक्षबाट समन्वयहुने बताईएको छ ।

साईक्लिङ्ग च्यालेन्ज घडिको सुईको दिशामा स्थानीय कावासोती २ स्थित नर्मदेश्वर शिवालय गेटबाट बिहान ठिक ६ बजे प्रारम्भ हुने जनाईएको छ । साईक्लिङ्ग च्यालेन्जमा सहभागी साईकलयात्रीहरू कावासोती २, ६, र १ नम्वर वडाको एसमोड हुँदै देवचुलीको कालिका चोक, धारापानी चोक, कैलाश चोक, धौलागिरी चोक हुँदै पूर्व पश्चिम राजमार्गको लोकाहा खोला पुलमा आई पुग्ने छन् । लोकाहाबाट साईकलयात्रीहरू कुडौली, लौगाई, पिठौलीचौर, लौखानी, साँढ, रतौल, गुँडार,गोछडा हुँदै मध्यबिन्दु २ कोल्हुवा चौरहा पुग्ने मार्ग तय भएको छ ।

यात्रीहरू कोल्हुवाबाट मध्यबिन्दु १ पतवारी, कावासोती १७ बभनौली, गोर्सती १४ को थारूडण्डा,१६ को डण्डा बजार, ३ को पुरानो कावासोती, नमूना सदरमुकामको दक्षिणी भागहुँदै प्रस्थान बिन्दु शिवालयमै आएर समापन हुने ग्रुपका सचिव गणेश गुरूङ्गले बताउनु भयो । स्वचालित सवारीको प्रयोग घटाई मानव स्वास्थ्य प्रवर्द्धन,धार्मिक एवं सामाजिक सद्भाव कायम गर्ने उदेश्यले कावासोती साईक्लिङ्ग ग्रुपले हरेक वर्ष कोरा साईक्लिङ्ग च्यालेन्जको आयोजना गर्दै आएको छ ।

यस वर्ष पनि सोही मिति र समयमा देशका काठमाडौ,भक्तपुर, बिराटनगर, कास्की, चितवन, बुटवल, दाङ, नेपालगन्ज , कैलाली लगायत जिल्लाका प्रमुख नगरहरूमा एक साथ कोरा साईक्लिङ्ग च्यालेन्ज हुने बाँकेबाट बरिस्ठ पत्रकार एवं साईकलयात्री प्रेम केसी बताउनु हुन्छ । यसै क्रममा नियमित साईक्लिङ्ग गर्नुहुने जिप्रका नवलपरासी पूर्वका प्रमुख, प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले साइकल चलाउदा शरीर तन्दुरुस्त रहने बताउनु भयो ।

साथै वहाँले छोटो दुरीमा साईकलनै चलाउने बानीको बिकास गर्न सकेमा ब्यक्तिको स्वास्थ्यमा सुधारआई सडक सुरक्षा, ईन्धनको बचत तथा सवारी खरिद गर्दा हुने डलरको खर्चमा कटौती गर्न सकिने बिचार ब्यक्त गर्नुहुन्छ ।
कोरा साईक्लिङ्ग च्यालेन्जमा यस पटक करिव १ सय जनाको सहभागिता रहने ग्रुपले जानकारी दिएको छ ।

स्थानीय कावासोती, देवचुली र मध्यविन्दु नगरपालिका अन्तरगतका विभिन्न धार्मिक स्थल, पर्यटकीय क्षेत्र र वडाहरूलाई समेट्दै करिव ५० किलो मिटरको दुरीमा साईक्लिङ्ग गरिने आयोजक पक्षले जनाएको छ ।

ग्रुपले नियमित साईक्लिङ्ग गर्ने क्रममा सार्वजनिक मठ, मन्दिर,गुम्वा लगायत धार्मिक स्थलको सर सफाई,राष्ट्रिय निकुञ्ज,नदी क्षेत्रको प्लाष्टिकजन्य फोहर संकलन जस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको बताईएको छ ।

स्वास्थ्यका लागि साईक्लिङ्ग भन्ने मूलमन्त्रका साथ युवाहरूले साईकल चलाउन थालेसंगै नगर क्षेत्रमा उद्योग व्यवसायी, कर्मचारी तथा आम सर्वसाधारणहरूमा पनि साईकल चढ्ने प्रबृत्ति बढ्दै गएको स्थानीयहरू बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस