२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरका असक्त खेलाडीहरुको घरघरमा पुगे सदस्य सचिव शर्मा

२०८० अषाढ ३०, शनिबार प्रकाशित ( साल अघि) १९८२ पाठक संख्या

मध्यविन्दु । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधरशर्माले घाइते ओलम्पीयन खेलाडी र अन्तर विद्यालय राष्ट्रिय खेलाडीको घरमा पुग्नु भएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–६ का ओलम्पीयन खेलाडी तिलकराम थनेतको परिवारका सदस्यलाई उहाँको घरमा पुगेर भेटनु भएको हो ।

दक्षिण कोरियामा भएको ओलम्पीक खेलमा सहभागी थनेत हाल दक्षिण कोरियामा नै रहनु भएको छ । पारिवारिक आर्थिक अवस्था कमोजर भएका थनेत खेलपस्चात दक्षिण कोरिया नै रहनु भएकोमा उहाँका परिवारलाई भेटगरी उहाँको अवस्थाबारे जानकारी संगै अनलाईन मार्फत थनेतसंग समेत कुराकानी गर्नु भएको हो । सो क्रममा गण्डकी प्रदेश सरकारले ओलम्पीयन खेलाडीलाई मासिक रुपमा भत्ताको व्यवस्था गर्ने नीति लिएकोमा थनेत प्राविधिक कारणले हाल छुटेको भन्दै उहाँलाई सो सुविधा प्राप्तीको लागि पहल गर्ने बताउनु भएको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण प्रतियोगितामा सहभागी हुन जानु भएका थनेत दक्षिण कोरियामा नै बस्नु भएको परिवारका सदस्यहरुले बताउनु भएको थियो । अनलाईन मार्फत सम्पर्कमा आउनु भएका तिलकराम थनेतले रोजगारीको शिलशिलामा आफुले हातले काम गर्न नसक्ने अवस्थामा रहेको बताउनु भएको थियो । सदस्य सचिव शर्माले आज नै अन्तर विद्यालय राष्ट्रिय खेलाडी प्रेमलाल महतोलाई समेत भेट गर्नु भएको थियो ।

मध्यविन्दु नपा ३ निवासी महतो भलिवल खेलमा सहभागी हुन पोखरा जाने क्रममा सडक दुर्घटनामा घाईते हुनु भएको थियो । घाईते महतोले खेलमा सहभागी हुन जादा घाईते भई हात गुमाउदा राज्यपक्षबाट कुनै सहयोग प्राप्त नभएको शर्मासंग दुखेसो व्यक्त गर्नुभयो ।

सदस्य सचिव शर्माले गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न जिल्लामा रहेको पूर्वखेलाडीहरुको सम्मान सहित नयाँ पुस्तालाई खेलप्रति आकर्षणसंगै उनिहरुको सुरक्षित भविश्यको लागि काम गरिरहेको बताउनुभयो ।

खेलाडी, प्रशिक्षक, दर्शक, सहयोग गर्ने कम्पनीहरु समेतको हितमा प्रदेश खेलकुद परिषद् लागि पर्ने उहाँले बताउनु भएको छ । देश र प्रदेशका लागि खेलमा सहभागी भएका व्यक्तिहरुको सम्मान हुदा नयाँ पुस्तामा उर्जा प्रवाह हुने भएकाले सबै ओलम्पीयन खेलाडीहरुसंग भेट गर्ने योजनामा आफु रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%१%२%५%

प्रतिक्रिया दिनुहोस