२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नागरिकता बनाउने भन्दा राहदानी बनाउने धेरै

२०८० श्रावण ३, बुधबार प्रकाशित ( साल अघि) ११२९ पाठक संख्या

मीना कंडेल
कावासोती । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जानेको सख्या दिनप्रतिदिन बढ्दो रहेको छ वैदेशिक रोजगारप्रतिको आकर्षणले नवलपुरबाट राहदानी लिनेको सङ्ख्या बढेको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार नागरिकताभन्दा राहदानी बनाउने बढी छन् । गत आवमा नागरिकताको तुलनामा राहदानी लिनेको सङ्ख्या झन्डै दोब्बर रहेको छ ।

नवलपुरमा चालु आर्थिक वर्षको हालसम्म चौविस हजार एक सय १४ जनाले राहदानी (पासपोर्ट) बनाएका छन् । नवलपुरबाट यस आर्थिक वर्षमा नौ हजार ९२ महिला, १४ हजार चार सय ९९ पुरुष र पाँचसय २३ नाबालकले राहदानी बनाएका छन् ।

यस्तै आ.वमा आठ हजार ६०६ पुरुष र नौ हजार सातसय ५४महिला गरि १८ हजार ३ सय ६० जनाले नेपाली नागरिकता तथा १३ हजार ९ सय २८ जनाले नागरिकताको प्रतिलिपी लिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो ।

छोरा छोरी विदेश भएकाको आमा छोराछोरी भेट्न जाने, उच्च शिक्षा अध्ययन गर्न जाने युवतीहरू, श्रीमान् विदेशमा हुनेको श्रीमती श्रीमान् भेटघाटका लागि जानका लागि पनि राहदानी बनाउन आउने गरेका कारण पनि राहदानी लिन आउनेको संख्यामा वृद्धि हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुवास लामिछानेले बताउनु भयो ।

जिल्लाको कावासोती, गैँडाकोट, मध्यविन्दु र विनयी त्रिवेणी पालिकासँगको सहकार्यमा हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)ले सुरक्षीत आप्रवासन (सामी) मार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाबाट पासपोर्ट बनाउनेलाई अनिवार्य रुपमा सूचना प्रदान गर्ने गरिएको छ ।

जिल्लामा सञ्चालित कार्यक्रम मार्फत सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको परामर्शकर्ता रन्जना लम्सालले बताउनुभयो । राहदानी लिनेको सङ्ख्या बढेसँगै राजस्व सङ्कलनमा पनि वृद्धि आएको छ । राहदानी दस्तुरबाट वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपुरले एक वर्षमा राहदानी वितरण बाट १० करोड बढी राजस्व संकलन गरेको छ । त्यसै गरि संस्था दर्ता नविकरणबाट ११ लाख ४१ हजार ७ सय, दण्ड जरिवानाबाट २८ लाख ४४ हजार ६ सय ७, सरकारी सम्पती बिक्रीबाट ४ लाख र परिक्षा शुल्क बाट ७ हजार गरेर एक वर्षमा कुल ११ करोड ५७ लाख ११ हजार ४ सय ७७ राजस्व संकलन गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस