नवलपरासी । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल सहितको टोली आज अर्थ मन्त्री समक्ष ज्ञापन पत्र पेश गर्नुभएको छ।
सरकारले गत जेष्ठ १ गते देखि लागु गरेको रु १०० बढी सामान आयातमा भन्सार शुल्क लगाउने निति सच्याउन अर्थ मन्त्री समक्ष ज्ञापन पत्र पेश गरिएको छ ।
नेपाली काग्रेसका सभापती शेरवहादुर देउवा र उपप्रधानमन्त्री मा.पूर्ण बहादुर खडकाको रोहवरमा केन्द्रिय पदाधिकारीको हस्ताक्षरगरी केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल सहितको एकटोलीले अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाउनु भएको हो ।
सरकारले लागु गरेको भन्सार निति देशका अन्तराष्ट्रिय सिमा तथा एयरपोटमा लागू नगरिएको तर भारतिय सिमा जोडिएका मधेश क्षेत्रमा मात्र यो निति लागू भएको देखिएको हुदा सिमावर्ती जनतामा विभेदकारी व्यवहार विरुद्ध जनआक्रोस बढिरहेको विज्ञप्तीमा भनिएको छ ।
सिमावर्ती क्षेत्र लगायतका आर्थिकरुपमा कमजोर वर्ग रोजगारीको श्रोतकारुपमा भारतसंग प्रत्यक्ष जोडिएका, भारतिय सेनाको गोर्खा पल्टनको प्रमुख हिस्सा तथा भारतीय गोर्खा रेजिमेन्टको अवकाश प्राप्त नेपालीजनको भारतसँगहुने आधारभुत सम्बन्ध तथा सिमावर्ती नेपालीको दैनिक आधारभुत प्रयोजनका नुनतेल मलखाधजन्य वस्तुहरुमा योनिति पूर्ण विभेदकारी भएको भन्दै अविलम्व निति परिवर्तन गरि सहज गर्न विज्ञप्तीमा माग गरिएको छ ।
सरकार तथा अर्थमन्त्रालयको तर्फबाट मन्त्री डा। प्रकाश शरण महतले ज्ञापनपत्र वुझ्दै सरकार सदैव जनताको सहज जिवनयापन र जनहितको पक्षमा रहेकोले अव्यवहारिक भएमा निति पुनरावलोकन हुने प्रतिबद्धता जनाउनु भएको छ ।
नेपाल भारत सिमा क्षेत्रको मधेश भुमिबाट राजनितीमा सक्रिय कण्डेलले १०० रुपैया बढी समानमा भन्सार लाग्ने निति अत्यन्त अमानवीय र अव्यवहारिक भन्दै निति लागू भए देखि नै असन्तुष्टी व्यक्त गर्दै आउनु भएको छ । सिमाक्षेत्रका नेपालीजनहरूको भारतसंग रोटीवेटी सरहको सम्बन्ध तथा दैनिकी जिवनयापनमा असहज र कठिनाइ उत्पन्न भएको बताउदै नेता कंडेलले सरकारको भन्सार निति दास्तावेजमा समान भए पनि कार्यान्वयन तथा व्यवहारको हिसावले उत्तर र दक्षिण नाकामा विभेदपूर्ण भएको भन्दै सिमावर्ती नेपालीजनलाई चरम सास्ती भएको बताउदै आउनु भएको छ।