२०८१ कार्तिक १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरका निमार्ण व्यवसायीद्धारा प्रशासनमा धर्ना

२०८० श्रावण १४, आईतबार प्रकाशित ( साल अघि) ५९७ पाठक संख्या

नवलपुर ।  पुर्वी नवलपरासीका निमार्ण व्यवसायी आन्दोलित भएका छन् ।

स्थानीय , प्रदेश र केन्द्र सरकारले निर्माण ब्यवसायीको रकम भुक्तानी नगरेको , उपभोक्ता समितिको नाममा साना ब्यवसायीहरुलाई काम विहिन बनाएको र मुल्य समायोजना नगरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

चरणबद्ध आन्दोलनमा उत्रिएका ब्यवसायीले आज जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको निमार्ण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमुशंकर देवकोटाले बताए ।

कोरोना कहर , आर्थिक मन्दीको समयमा निमार्ण व्यवसायी धरासायी हुदै जादा समेत सरकारले ध्यान नदिएको व्यवसायीको गुनासो छ ।

विकास निमार्णको कामको मुल्य समायोजन नगर्ने तथा अनेक बहाना बनाएर सम्पन्न भएको कामको भुक्तानी रोक्ने र समय थप गर्न आनाकानी गरेकाले चरणबद्ध आन्दोलिनमा उत्रिएको संघले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस