२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता

२०८० श्रावण १६, मंगलबार प्रकाशित ( साल अघि) १४१२ पाठक संख्या

नवलपुर । नारायणी नदीमा पौडी खेल्ने क्रममा एक जना किशोर वेपत्ता भएका छन् ।

सोमबार दिउसो भरतपुर महानगरपालिका १ स्थित जोरकुसुम पार्क नजिकै नारायणीमा पौडी खेल्न गएका भरतपुर २ का १३ बर्षिय अमन ठकुरी वेपत्ता भएका हुन् ।

पौडी खेल्नेक्रममा उनलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठकुरी अफ्नै उमेर समुहका साथिहरुसंग पौडी खेल्न नारायणीमा गएका थिए ।

नेपाल प्रहरी विपत तालिम प्राप्त टोलीले उनको खोजी कार्य गरिरहेको र फेला नपारेको प्रहरीले जनाएको छ । नारायणी नदीमा पौडी खेल्ने क्रममा पटक–पटक डुवेर मान्छेको मृत्यु हुने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%१%

प्रतिक्रिया दिनुहोस