कावासोती । नेपाली कांग्रेसका नेता मिनराशि गुरुङको उपचारको क्रममा पूर्वी नवलपरासीमा निधन भएको छ ।
उनको भरतपुरस्थित एक अस्पतालमा उपचारको क्रममा बुधबार निधन भएको हो ।
गुरुङ प्रदेशसभा क्षेत्र नम्बर २ का कांग्रेसका उपसभापति थिए । विद्यार्थी राजनीति, तरुण दलको नेतृत्वपछि कांग्रेसको क्षेत्रीय नेतृत्वमा पुगेका गुरुङ ४३ वर्षका थिए ।
कावासोती नगरपालिका वडा नम्बर २ निवासी गुरुङको निधनबाट समाजलाई अपूरणीय क्षति पुगेको कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसीले बताएका छन् ।
उनी ब्याडमिन्टनका राम्रा खेलाडी भनेर पनि जिल्लामा चिनिन्थे । उनको बुधबारै अन्तिम संस्कार गरिएको छ ।