२०८१ कार्तिक १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु

२०८० श्रावण १८, बिहिबार प्रकाशित ( साल अघि) १४३३ पाठक संख्या

चितवन । नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धार पछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बिहान ७ः४० वजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षिया महिलाको उद्धार गरि उपचारका लागि चितवन मेडीकल कलेज ल्याईएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता बिजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा मृत्यु भएको हो ।

नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र शशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरि ल्याईएको थियो । महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%७%१%

प्रतिक्रिया दिनुहोस