२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

कालीगण्डकी करिडोरको नवलपुर खण्ड सञ्चालनमा

२०८० श्रावण २९, सोमबार प्रकाशित ( साल अघि) ६१८ पाठक संख्या

गैंडाकोट । सात दिनदेखि बन्द कालीगण्डकी करिडोरको पूर्वी नवलपरासी खण्ड ( आइतबार )  देखि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण सात दिनदेखि बन्द रहेको कालीगण्डकी करिडोरको तरँगा खोला आएको बाढीसँगै सडकको दर्जनौँ ठाउँमा पहिरो जाँदा पूूर्ण रुपमा बन्द भएको थियो ।

गैंडाकोट नगरपालिका वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले करिडोडको पहिरो पन्छाउने काम सकिए पछि खोलामा अस्थायी डाइभर्सन बनाएर आजदेखि यातायात सञ्चालनमा आएकोे बताउनुुभयो ।

गत जेठदेखि सो सडकको गैंडाकोट रामपुुर पाल्पा खण्डमा नौ पटक पहिरो गइसकेको छ । सात दिन बन्द भएको कालीगण्डकी करिडोर आजदेखि सञ्चालनमा आएपछि यात्रुुलाई सहज भएको बुुलिङ्गटार गाउँपालिका–१ का वडाध्यक्ष दिलबहादुुर सूर्यवंशी मगरले बताउनुुभयो ।

तरँगा खोलामा दुुबैतिर पक्की पुुलको पिलर उठाए पनि बाँकी काम नसकिँदै ठेकेदार भागेपछि सो खोलामा आएको बाढीले यातायात प्रभावित हुँदै आएको थियो । अहिले खोलामा ह्युमपाइप राखेर यातायात सञ्चालनमा ल्याइएको वडाध्यक्ष मगरले बताउनुुभयो ।

यो सडक मध्यपहाडी लोकमार्गका रुपमा रहेको छ भने यहाँबाट मुुस्तानको जोमसोम, रोल्पा, रुकुुम हुुँदै पश्चिम जोडेने करिडोरको रुपमा यो सडकको विकास अघि बढेकाले यसको राम्रो सम्भावना रहेको गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जीसीले बताउनुुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस