कावासोती । नवलपुरको दुम्कौलीस्थित शास्वतधाममा सनिवार देखि विराट हनुमान कथा प्रबचन सुरु भएसङै भिड बढदै गएपछि ब्यबस्थापनका लागि बाक्लो मात्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
भारतस्थित बागेश्वरधामका आचार्य धीरेन्द्र कृष्ण शास्त्रीले तीन दिनसम्म हनुमान कथा प्रबचन गर्नु हुनेछ । शास्त्रीको कथा सुन्न शास्वतधाममा प्रबेशका लागि अनलाइन पासको ब्यबस्था गरिएको छ । शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा ब्यबस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।
शास्वतधामा हुने कथा वाचनमा सर्बसाधारणको भिड बढदै गएपछि ब्यबस्थापनकालागि २ सय सुरक्षाकर्मी परिचालन गरिएको पूर्वी नवलपरासीका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । चौधरी ग्रुपले आफनै निजि सुरक्षा गार्ड र स्वंसेवकहरु समेत परिचालन गरेको छ । हनुमान कथा प्रबचनका लागि दैनिक १० हजारदेखि २० हजारसम्म अटाउनेगरी भक्तजनलाई कथा श्रवणका लागि बस्ने ब्यबस्था मिलाइएको छ ।
उद्योगपती एवं प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले निर्माण गर्नुभएको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन शास्त्री पहिलो पटक नेपाल आउनुभएको हो ।
शास्वतधाम हिन्दु धर्मका सबै देवी देवताको एकै थलोमा पुजा गर्न सकिने मन्दिरका रुपमा चर्चित छ । शास्वतधाम वास्तुशास्त्रअनुसार निर्माण गरिएको रमणीय र आकर्षक शैलीको हिन्दु मन्दिर हो । यहाँ संस्कृत गुरुकुल समेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ सञ्चालन हुँदैआएको छ ।