२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नारायणीमा माछा मार्न गएका युवकको शव फेला

२०८० भाद्र ३, आईतबार प्रकाशित ( साल अघि) १३२३ पाठक संख्या

कावासोती । कावासोती स्थित नारायणी नदीमा माछा मार्न जाल लिएर गएका एक युवकको शव फेला परेको छ ।

कावासाती १२ लौगाईस्थित लोकाहा खोला र नारायणी नदी किनारमा शनिवार दिउँसोदेखि डुवेर बेपत्ता भएका २० बर्षीय मंगल पुलामीको शव २४ घण्टापछि शव फेला परेको हो ।

बेपत्ताको नेपाल प्रहरी तथा खोजी कार्यमा खटिएका स्थानीय युवाहरुले जालको सहायताले शव फेला पारेको वडा अध्यक्ष शारदा अधिकारीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरीका अनुसार साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । उनीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए ।

स्थानीयको सहयोगमा आइतबार बिहान पनि पुलामीको खोजी कार्य गरिएको थियो। खोजी कार्यमा हात्ती समेत परिचालन गरिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार गत जेठयता जिल्लाका यहाँका खोला र नदीमा बेपत्ता हुनेको संख्या ६ जना पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%६%५%

प्रतिक्रिया दिनुहोस