२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा सुरु भयो सर्प महोत्सव

२०८० भाद्र ३, आईतबार प्रकाशित ( साल अघि) ११४७ पाठक संख्या

मीना कंडेल

कावासोती  ।  पुर्ब नवलपरासीको कावासोतीमा नागपञ्चमीको अवसर पारेर नेपाल सर्प महोत्सव सुरु भएको छ । मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ सुरु गरिएको नेपाल सर्प महोत्सव दुई दिन सम्म संचालन हुने आयोजकले जनाएको छ  ।

नेपाल टक्सिनोलोजी सङ्घको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय, नवलपुर स्वास्थ्य कार्यालय नवलपुर , नेपाल रेडक्रस सोसाइटि र मध्यबिन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा आइतबारदेखि सुरु भएको महोत्सव दुई दिनसम्म चल्ने बताइएको छ ।

विशेष गरि गर्मियाममा तराई भेगमा सर्पदशका विरामी बढ्ने र समयमा उपचार नपाउदा मृत्यु हुने गरेको छ । “सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्व बोकेको हुन्छ, किनभने सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अंग हो । ”आफुँ पनि बचौँ र प्रकृतिलाई जोगाऔँ भन्ने हेतुले जनचेतना जगाउन नेपाल सर्प महोत्सवको आयोजना गरिएको सर्प संरक्षणकर्मी कमल देवकोटाले बताउनु भयो ।

Snakefestival2_copy_919x519

सबै सर्प विषालु हुँदैनन । सर्पले मानिसलाई टोक्ने भनेको आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षा आक्रमण मात्रै हो । नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवारअन्तर्गत पर्छन् । इलापिडी परिवारअन्तर्गत पनि धेरै विषालु सर्प जस्तै, गोमन, करेत र कोरल सर्प पर्छन । दुई दिन सम्म संचालन हुने नेपाल सर्प महोत्सवबाट कावासोतीमा रहेका सम्पुर्ण विद्यालयका विद्यार्थीलाई सचेत गराउन बर्दिया देखी आएको संरक्षणकमी जितबहादुर शाहीले बताउनुभयो ।

पहिला गाउँघरमा देखिने सर्प पहिचान गर्न गाह्रो हुने गरेको भएपनि अहिले सर्प महोत्सवमा अवलोक गरेपछि चिन्न सक्ने विद्यार्थीले बताएका छन् । “पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थें, अहिले छाला हेरेर सर्प पहिचान गर्न सक्ने भएको हुँ । सर्पले डस्दा के गर्ने, सर्पको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि ज्ञान हासिल गरिसकेको छु,” विद्यार्थी मुकेश रानाले भन्नुभयो ।

1692526624970

नवलपुरको कावासोतीमा गरिएको सर्प महोत्सव नेपाल कै पहिलो भएको आयोजकको दावी छ । महोत्सवमा सर्प पहिचान कसरी गर्ने, सर्पबाट कसरी बच्ने उसलाई कसरी बचाउने र टोकिहाले के गर्नै भन्ने बारेमा महोत्सवमा प्रर्दशन गरिएको छ । विभिन्न सर्पका  नाम उल्लेख गरि पोष्टर र तिनका विशेषताका बारेमा स्थानीय, विद्यार्थी लगाएतका लाई जानकारी गराइएको संरक्षणकर्मी देवकोटाले बताउनु हुन्छ ।

समयमा उपचार नपाएका कारण सर्पको टोकाइबाट मृत्यु हुने तथ्यांक पनि बढ्दो रहेको छ ।  सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइ बारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको डा छविलाल थापाले बताउनु हुन्छ ।

Pradarsan_copy_898x602

यस्तै नवलपुर जिल्लामा मात्रै यो आ।वमा विषालु सर्पले टोकेका १२ महिला र १५ पुरुष गरि २७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख रहेको डा छविलाल थापाले बताउनु भयो ।

आर्थिक बर्ष २०७९÷०८० मा देवचुली नगरपालिकामा चार जना पुरुषलाई सर्पले टोकेको छ । यसै गरि जिल्लामा सामान्य सर्पले टोकेका एक सय ८५ पुरुष र एक सय ७७ महिला गरि तीन सय ७२ संख्या रहेको छ स्वास्थ्य कार्यालय दिएको तथ्यांकमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%१%१%२%

प्रतिक्रिया दिनुहोस