नारायण शर्मा
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले नदीमा आश्रित १ सय ९२ जनालाई नारायणी नदीमा माछा मार्न पाउने लाइसेन्स दिएको छ । हरेक साउनमा नारायणी र राप्तीमा माछा मार्ने लाइसेन्स नवीकरण गर्न पर्ने व्यवस्था छ ।
निकुञ्जका सूचना अधिकृत गणेश तिवारीका अनुसार नदीमा माछा मारेर जीवन निर्वाह गर्दै आएका परिवारलाई वैधानिक रूपमा माछा मारेर जीवनयापन गर्न निकुञ्जले अनुमति दिने गरेको छ ।
लाइसेन्स लिनेहरू नदी किनारमा बसोबास गर्ने बोटे,माझी,मुसहर र थारु समुदायका स्थानीय छन । नवीकरणबापत वार्षिक एक सय शुल्क लाग्छ । नवलपरासी, चितवन र मकवानपुरका बोटेमाझी, मुसहर र थारुलाई लाइसेन्स दिइएको हो ।
सामान्यतया एउटा परिवारवाट एक जनालाई लाइसेन्स दिने चलन छ । नयाँ समस्यालाई लाइसेन्स दिइँदैन, तिवारी भन्छन्, जसको नाममा माछा मार्ने लाइसेन्स छ उसैले मात्र नारायणी र राप्तीमा गएर माछा मार्न पाउँछ ।