२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा विषालु च्याउ खाँदा ४ जना बिरामी

२०८० भाद्र १३, बुधबार प्रकाशित ( साल अघि) ७२१ पाठक संख्या

कावासोती । नवलपुरमा विषालु च्याउ खाएर चार जना बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १४ त्रिभुवनटारस्थित सुरज पोल्ट्री फर्ममा काम गर्ने कावासोती १४ का २३ वर्षीय पूर्णिमा परियार, २४ वर्षीया शान्ति परियार, उहाँकी ६ वर्षीय छोरी रोशनी परियार र पोल्ट्री फर्म सञ्चालक कावासोती १४ निवासी ४८ वर्षीय नीलकण्ठ तिमिल्सिना बिरामी हुनुभएको हो ।

पोल्ट्री फर्म रहेको बारीमा उम्रेका च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेका हुन् । च्याउ खाएर सुतेका उनीहरू राति बिरामी भएपछि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको थियो ।

च्याउ खाएर बिरामी परेका मध्य फर्मका सञ्चालक निलकण्ठ तिमिल्सिनालाई थप उपचारका लागि रातिनै पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%१%

प्रतिक्रिया दिनुहोस