नवलपुर । गैंडाकोटस्थित नारायणी नदीको पुलमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार पुलको रेलिङमा अनियन्त्रित भएर ठोक्किँदा भरतपुरका नारायण ढकालको उपचारका क्रममा मृत्यु भएको हो ।
शनिबार राति करिब १० बजे उनी मोटरसाइकलमा दुर्घटनामा परेका थिए । उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।