२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा राधा कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी पारेर धर्मीक तथा सांस्कृतिक कार्यक्रम

२०८० भाद्र २०, बुधबार प्रकाशित ( साल अघि) ६२३ पाठक संख्या

कोल्हुवा । मौलिक धर्म संस्कार संस्कृतिक संरक्षणको मुल नारा बोकेको यस मध्यबिन्दु – २ कोल्हुवा स्थित राधा कृष्ण मन्दिरले स्थानियको संयुक्त आयोजनमा कृष्ण जन्माष्टमी पारेर धर्मीक सांस्कृतिक कार्यक्रम भव्यरुपमा मनाइरहेको छ ।

स्थानियबासीले मौलिक धर्म संस्कार संस्कृतिको संरक्षण गर्दै अरुमा समेत प्रभाव पर्ने गरि कोल्हुवामा श्रीकृष्ण जन्माष्टमी भव्य रुपमा मनाउने तयारी रहेको साथै श्री कृष्ण जन्माष्टमी तिथी अनुरुप भाद्र २० गतेका दिन आज मनाइरहेको राधा कृष्ण मन्दिरका समितिका सचिव शिवराज घिमिरेले जानकारी दिनुभयो ।

IMG 20230906 WA0010

बिहान ८ बजेको समय देखी श्रीकृष्ण जन्माष्टमी कार्यक्रम धार्मिक प्रवचन, पाठपूजा तथा ज्ञानमाला भजन, सामुहिक कृष्णपूजा, साथै भक्तजनहरुलाई जलपान तथा क्षीरभोजन गराउने कार्यक्रम रहन्छ भने साझा ८ बजे पछी धर्मीक सांस्कृतिक कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो ।

IMG 20230906 WA0017

कोल्हुवा ( राधा कृष्णा टोल ) सामुदायका हिन्दु सत्य सनातन धर्मावलम्बीहरुले यो बर्ष पनि मनोरञ्जनात्मक धर्मीक सांस्कृतिक कार्यक्रम सहित श्रीकृष्ण जन्माष्टमी मनाइरहेका हुन् । हिन्दु धर्मालम्वीहरूको महान् पर्व श्री कृष्ण जन्माष्टमीको सुअवसरमा आयोजनमा गर्न लागिएको सो कार्यक्रममा मध्यबिन्दुमा रहेका सम्पूर्ण हिन्दु धर्मालम्वीहरु साथै अन्य धर्मावलम्ली विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधीहरु, संचारकर्मीहरु, लगायत सम्पूर्ण धार्मिक मनहरुलाई कार्यक्रममा उपस्थिति भै कार्यक्रम भव्य एवं सभ्य रुपमा सफल बनाइदिन समेत आयोजक समितिले अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस