२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा सडक दौड प्रतियोगिताको प्रथम उपाधि हिमाल खाम्चाले पाए

२०८० भाद्र २०, बुधबार प्रकाशित ( साल अघि) ९८९ पाठक संख्या

चोरमारा ।  चोरमारा युवा क्लबको २३औं बार्षिक उत्सवको अवसरमा आज बुधबार आयोजना गरेको सडक दौड प्रतियोगितामा पुरुषतर्फको उपाधि हिमाल खाम्चाले जितेका छन् ।

मध्यविन्दु नगरपालिका – ४ स्थित पनौति चोकदेखि मध्यविन्दु  नगरपालिका – ७ चोरमारा बजार सम्म ६ किलोमिटर दूरी पार गर्दै खाम्चाले उपाधि जितेका हुन् । पुरुषतर्फ यु बहादुर गाहा द्वितीय र अनिष परियार तृतीय भएका छन् ।

महिलातर्फ जमुना राई प्रथम, विन्दु लम्साल द्वितीय र देवि कुमारी कुमाल तृतीय भएका छन् । प्रतियोगितामा पुरुषतर्फ र महिलातर्फ गरि ७१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

1693998168466

पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५ हजार, रु ३ हजार ५ सय र रु २ हजार ५ सय नगद पुरस्कार,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५ हजार, रु ३ हजार ५ सय र रु २ हजार ५ सय नगद पुरस्कार,मेडल र प्रमाणपत्र प्रदान गरिएको चोरमारा युवा क्लबका अध्यक्ष सुरेश कुमालले बताउनुभयो । खेलबाट पर्यटन प्रबर्द्धन गर्नुका साथै खेलकुदमा युवाहरुको आकर्षण बढाउने उद्देश्यसहित दौड प्रतियोगिता आयोजना गरिएको कुमालको भनाई छ ।

FB_IMG_1694009444727

कार्यक्रमको प्रमुख अतिथि रुपमा रहनु भएका गण्डकि प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रिधर शर्माले खेलकुदको क्षेत्रमा खेलाडिहरुको पहिचान गदै खेलाडिहरुलाई थप प्रोत्साहनका साथ अगाडि बढाउदै लैजानुपर्ने बताउनुभयो । यसका लागि स्थानिय स्तरमा रहका खेलाडिहरुको छनोट गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडिहरु उत्पादन गर्नुपर्ने कुरामाजोड दिनुभयो ।

1693998176294

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत बहादुर पुन, मध्यविन्दु नगर खेलकुद विकास समितिका अध्यक्ष  मेघराज पाण्डे, सदस्य सचिव हिमाल सिहं ठकुरि, नेपाली कांग्रेस मध्यबिन्दु नगर सभापति दोमन भण्डारी,वडा अध्यक्ष कर्ण बहादुर मल्ल,जनप्रतिनिधि लगायत खेलप्रेमी  र सामाजिक राजनितीक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%२%१%१%

प्रतिक्रिया दिनुहोस