कावासोती । नवलपुरमा स्क्रब टाइफसबाट एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कावासोती नगरपालिका वडा नम्बर १७ निवासी ४८ वर्षीया महिलाको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
ती महिला आइतबार त्यहाँ उपचारका लागि भर्ना भएकी थिइन् । आईसीयूमा उपचार हुँदै गर्दा उनको सोमबार मृत्यु भएको हो । मुसामा लाग्ने किर्ना जस्तो देखिने किराले टोकेपछि स्क्रब टाइफस लाग्ने गर्छ । यो रोग मान्छेबाट मान्छेमा भने सर्दैन ।