२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको बस्तीमा अलमिलएको बाघको उद्धार

२०८० भाद्र २५, सोमबार प्रकाशित ( साल अघि) १३२४ पाठक संख्या

नारायण शर्मा 

कावासोती  — तीन दिनयता एउटै बस्तीमा डुल्दै गरेको एउटा ७ महिनाको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएर उद्धार गरेको छ ।

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ मा केही दिनदेखि अलमलिएर डुल्दै गरेको सूचनाका आधारमा चितवन निकुञ्जबाट आएको प्राविधिक टोलीले सोमबार नियन्त्रणमा लिएको हो ।

चितवन निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बस्तीमा बाघ आएको जानकारीका आधारमा निगरानी बढाइएको थियो । खोज्न थालेको तेश्रो दिन बाघ नियन्त्रणमा लिइएको हो । बाघ सामान्यतस् ४ वर्षको उमेरसम्म आमासँगै हुन्छ । त्यस अवधिमा सिकार गर्न सिक्छ । सिकार गर्न सिपालु भइसकेपछि आफ्नो आमा छोड्ने जानकारहरू बताउँछन् ।

आमासँग छुटेको बाघ गाउँतिर आएपछि अलमलिएर बाहिर निस्कन नजानेका ( जंगल जान नजानेको ) कारण समात्न सजिलो भएको बताइएको छ । एउटै क्षेत्रमा डुलिरहेका कारण नियन्त्रणमा लिन सजिलो भएको निकुञ्जको टोलीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार ४ वटा हात्तीसहित आएको निकुञ्ज टोलीले बाघलाई बेहोस बनाउने सुई लगाएर सोमबार साँझ नियन्त्रणमा लिएको थियो । हाल उक्त बाघलाघ नियन्त्रणमा नै लगिएको छ । उक्त बाघ ६ देखि ७ महिनाको पोथी भएको पनि बताइएको छ । बाघको स्वास्थ्य परीक्षण गरेर कहाँ छोड्ने भन्ने निर्णय गरिने निकुञ्जका अधिकृत तिवारीले जानकारी दिए । उमेर सानो भएका कारण उक्त बाघले आमासँग नरहेको अवस्थामा सिकार गर्न समेत नजान्ने भएकाले अवस्था हेरेर कहाँ छोड्ने वा पाल्ने भन्ने निर्णय पछि गरिने तिवारीले बताए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस