२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पहिरोले दलदले-बुलिङटार सडकखण्ड अवरुद्ध

२०८० आश्विन ८, सोमबार प्रकाशित ( साल अघि) ११३६ पाठक संख्या

कावासोती । पहिरोले नवलपरासी पूर्वको दलदले-बुलिङटार सडकखण्ड अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान गएको पहिरोका कारण दलदले – बुलिङटार सडकखण्डको पोखरी र अर्खलामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।

स्थानीय बासिन्दा विद्रोही गिरिका अनुसार दलदलेदेखि बुलिङटार सडकखण्डको ४० किलोमिटर क्षेत्रको विभिन्न स्थानमा पहिरो गएको छ ।

वर्षापछि पोखरी र अर्खलाखण्डको ठाउँ- ठाउँमा पहिरो गएको छ । पहिरोका कारण राजमार्ग यात्रु,ढुवानीका जिप, ट्याक्टर रोकिएको गिरि बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस