कावासोती । ट्राफिक प्रहरी कार्यलय नवलपुरले २ महिनाको अवधिमा सवारी नियम उल्लघंन गर्ने ३ हजार १ सय ६१ सवारीसाधन कारवाही गरेको छ।
चालु आर्थिक वर्षको साउन र भदौ सम्म २ महिनाको अवधिमा भएका कारबाहीबाट २६ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख अच्युत राज आचार्यले बताउनुभयो ।
पछिल्लो समय ट्राफिक नियम उल्लघंन गरि सवारी चलाउनेको संख्या बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । दैनिकजसो चेकजाँच गरिएको र नियम उल्लघंन गरि सवारी चलाउनेलाई कारवाही स्वरुप जरिवाना गर्ने गरिएको छ ।
ट्राफिक कार्यालयको अनुसार साउन महिनामा ट्राफिक नियम उलङ्घन गर्ने १ हजार ४ सय ५१ र भदौ महिनामा १ हजार ७ सय १० जना सवारी कार्वाहीमा परेका हुन् ।
सवारी दुर्घटनालाई न्युनीकरण गर्न र ट्राफिक नियम पालना गरेर मात्रै सवारी चलाउन सन्देश दिने लक्ष्यका साथ जिल्लामा विभिन्न कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका सूचना अधिकारी प्रहरी बरिष्ठ नायव निरीक्षक मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।
त्यस्तै सवारी कारबाहीबाट दुई महिनामा २६ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लघंन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल रहेको छ ।