चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाले आर्थिक वर्ष सकिएको दुई महिनापछि आईतबार वार्षिक समीक्षा तथा सार्वजनिक सुनुर्वाई कार्यक्रम गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
मध्यविन्दु नगरपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चितता गर्नका लागि नगरपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको नगरपालिकाले जनाएको छ ।
मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीको अधयक्षतामा संचालन गरिएको कार्यक्रममा सोही नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत ज्ञानु प्रसाद पनेरु प्रमुख अतिथि रहनुभएको थियोे । भने बिशेष अतिथिमा वडाअध्यक्ष रण बहादुर थापा क्षेत्री हुनुहुन्थ्यो ।
नगरले सामाजिक, आर्थिक ,भौतिक पुर्वाधार , शिक्षा, फोहोरमैला व्यवस्थापन लगायतका क्षेत्रको प्रगती विवरण सार्वजनिक गरिएको हो । नगरपालिकाले दिने सेवा सुविधा र नगरका योजनाकामा भएको खर्चको विवरण सार्वजनिक गरिएको थियोे ।
मध्यविन्दु नगरपालिकाको सम्पन्न कार्यक्रममा सहभागी ब्यक्तिहरूले बिषेश गरी फोहोरमैला व्यवस्थापन ,शिक्षा ,सडक निमाण ,रोजगार लगायतका विषयमा विभिन्न गुनासो स्थानीय सरकारसंग राखेका थिए । उक्त गुनासोहरुलाई समबोधन गदै प्रशाशकिय अधिकृत ज्ञानु प्रसाद पनेरु, नगरप्रमुख भिमलाल अधिकारी लगायत समबन्धित निकायका वडाध्यक्षहरुले प्रस्ट पार्नुभएको थियो ।
उक्त कार्यक्रममा बिभिन्न वडाहरूका वडाअध्यक्ष तथा वडासदस्य लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु , स्थानिय समाजसेवी तथा राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधी तथा सरोकारवालाका साथै पत्रकारहरुको उपस्थिती रहेको थियो । वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिकरण भने दर्पण एफ एमका स्टेशन मेनेजर तिथ डुम्रेले गनुभएको हो ।