२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

दशैको सुरक्षा योजना: नवलपुरमा ३ सय २४ प्रहरी परिचालन

२०८० आश्विन २५, बिहिबार प्रकाशित ( साल अघि) ५४१ पाठक संख्या

मध्यविन्दु । नवलपुर प्रहरीले चाडपर्वको बेला अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै सुरक्षा सतर्कता अपनाउन थालेको छ । दसैं, तिहार, छठ पर्व नजिकिदै गरेकाले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरी गत असोज २० गते देखि कार्यान्यवनमा ल्याएको हो ।

चाडपर्वको समयमा बिभिन्न अपराधिक गतिविधिहरु बढ्न सक्ने भएकोले बिशेष सुरक्षा योजनाहरु बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

चाडपर्वको विशेष सुरक्षा योजना प्रभावकारी बनाउनुका साथै जनताको जीउधनको सुरक्षाका लागि नवलपुरका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरुबाट आन्तरीक सुरक्षा बाहेक कुल ३ सय २४ जना प्रहरी जनशक्ति परिचालन हुने प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार जिल्ला कार्यालय प्रमुखको कमाण्डमा ५ जना प्रहरी कमान्ड पोष्ट अन्तरगत अनुगमन तथा निर्देशन गर्ने, ५८ जना १६ स्थानमा पिकेट रहने, १५ जना ग्रामिण र व्यापारिक क्षेत्र लक्षित पैदल गस्ती गर्ने, ३० जनाको टोली बैंक तथा बित्तिय संस्था सरकारी कार्यालय, सुनचादी पसल तथा भिडभाड हुने स्थान लक्षित मोटरसाइकल गस्ती गर्ने, गाडी मोबाईल २४ घण्टा आपतकालिन अवस्थामा परिचालन हुने गरी आआफ्नो जिम्मेवारी एरियामा ३४ जना खटिने जनाइएको छ । यस्तै, गाडीमा राजमार्गमा क्रस पेट्रोलिङमा ३८ जना खटिने, ६ वटा टोली राजमार्गमा चल्ने लामो दुरीका गाडीमा हातहतियार सहित साझ ६ बजे देखि बिहान ६ बजे सम्म १०१ जना खटिने, सादा पोशाकमा १२ जना, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षामा ९ जना खटिने, अनुगमन तथा चेकिङ २ टोली गरि २७ जना खटिने योजना रहेको छ ।

चाडपर्वको अवधी भर सवारी दुर्घटना, ट्राफिक नियमको उल्लघन, अवैध सामाग्री, लागुऔषध, अवैध घरेलु मदिरा, पटका ओसार पसार लगायतका गतिविधि रोक्न राजमार्ग एवम् सीमाना लगाएत जिल्लाका १६ स्थानमा प्रहरी चेकिङ्गलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षा सतर्कता बढाएको प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा विभिन्न घटना घट्न सक्ने भन्दै विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको हो । जिल्लाको समग्र शान्ति, सुरक्षाको भरपर्दो व्यवस्थापनको साथै कुनै अप्रिय घटना एवम् दुर्घटनारहित मर्यादित चाडपर्वको लक्ष्य राखि सुरक्षा योजना बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

जिल्ला सदरमुकाम कावासोती , देवचुली , गैंडाकोट , मध्यविन्दु लगायतका विभिन्न ५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । भने भारत सँग जोडिएको त्रिवेणी नाकामा समेत सहायता कक्ष राखिएको छ । साथै जुवातास नियन्त्रणको लागि प्रहरीको विशेष टोली परिचालन गर्ने प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस