मध्यविन्दु । नवलपुरको मध्यविन्दु– ३ चौराहा अवस्थित नमुना नन्द भाउजु महिला बचत तथा ऋण सहकारी संस्थाको १७औ साधारणसभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष तारा देवि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रकममा मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीको प्रमुख अथिति रहनु भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले पछिल्लो समयमा नामका मात्र सहकारी रहने गरेको बताउँदै अब यी सहकारीहरुलाई संयोजन गरेर व्यवस्थीत गर्नुपर्ने अवस्था आएको बताउनुभयो।
नन्द भाउजु महिला बचत सहकारी संस्था महिलाहरूको नेतृत्वमा रहेकोले पारदर्शी रहेको र यस संस्थााबाटै स्थानीय दिदीबहिनीको स्तर मात्र नभई देशको आर्थिक समृद्धी र बेरोजगारी समस्या समाधानका लागि ठुलो सहयोग पुगेको उहाँले बताउनुभयो ।
साधारण सभामा बोल्ने बक्ताहरुले सहकारी संस्थाले थोरै थोरै छरिएर रहेको पुजीलाई एकत्रित गरि साना तथा लघु उद्यम ब्यबसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नका लागि सहयोगी पुग्ने भन्दै बचत गर्न उत्प्रेरित गर्नुका साथै आत्मनिर्भर बन्नका लागी पनि सहयोग भएको बक्ताहरुको भनाई रहेको थियो ।
संस्थाका अध्यक्ष तारा देवि पाण्डेले अध्यक्षको प्रतिवेदन र संस्थाको इतिहासबारे प्रकाश पार्नुभएको थियोे । कार्यक्रममा स्वाग्त मन्तव्य संस्थाको सचिव कौसिला कुमारी महतोले राख्नु भएको हो भने कार्यक्रम सञ्चालन संस्थाकी व्यवस्थापक मुना ढकालले गर्नुभएको थियोे ।
सहकारीमा १४ सय बढी सदस्य रहेका छन् । सभामा विगत वर्षमा झैँ छनोटमा परेका सदस्यहरूलाई अधिक बचत कर्ता, असल ऋणि, एसईईमा राम्रो नम्बर ल्याउने विद्याथीहरुलाई सम्मान गरेको थियो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा मध्यविन्दु नगरपालिकाकि उपप्रमुख पुर्णकला चौधरी, जिल्ला सहकारी संघका सविना अधिकारी, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव श्रीधर शर्मा, युवा सोरोजगारका जिल्ला सदस्य प्रितम भुजेल , जिल्ला बचत सघका बद्रीनाथ नेपाल , बह्मा बचत सहकारीका उपाअध्यक्ष सरस्वति पन्थी, कोल्हुवा खानेपानी संस्थाका कार्यवाहक अध्यक्ष सुवास नेपाल विभिन्न संघ सस्थाका पदाधीकारी , संस्थापक अध्यक्ष रमा पराजुली , शेयर सदस्यहरु,बचत कर्ताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।