२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका कृष्णबहादुर विक नक्कली नोट छाप्ने मेसिनसहित पक्राउ

२०८० आश्विन २६, शुक्रबार प्रकाशित ( साल अघि) ६०२८ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीको बर्दघाटबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ परेका छन् ।

नक्कली नोटको कारोबार हुँदै गरेको सूचनाका आधारमा बर्दघाट नगरपालिका ४ स्थित एक होटलमा प्रहरीले छापा मारेर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँको ऋषिङ – २ का २० वर्षीय सुरज विक र नवलपुरको बुलिङ्टार – ३ ठिमुरेका कृष्णबहादुर विक छन् । उनीहरुका साथबाट एक हजार दरका १ लाख ३९ हजार बराबरको नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

नक्कली नोटसहित बुधबार पक्राउ परेका दुवैलाई सोधपुछ गर्दा छाप्ने मेसिनसमेत भएको पत्ता लागेको थियो। पक्राउ परेकाको बयानपछि नक्कली नोट छापेर कारोबार गर्ने अरु पनि भएको आशंकामा प्रहरीले गिरोहको खोजीकार्य थालेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१७%७%१८%४%६%१३%

प्रतिक्रिया दिनुहोस