कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ ।
मध्यविन्दु – २ कोल्हुवा स्थित नवलपुर स्वास्थ चौकीमा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट २ सय २८ जनाको आँखा परीक्षण गरेका मध्य अधिकांस जेष्ठ नागरिकमा आँखाको समस्या देखिएको छ ।
मध्यविन्दु नगरपालिकाको सहयोगमा रोटरी क्लब अफ कावासोतीले आयोजना गरेको शिविरमा यस्तो समस्या देखिएको हो ।
आँखा परीक्षण गर्न आएका २ सय २८ मध्ये ६८ जनामा मोतियाविन्दु समस्या देखापरेको मध्यविन्दु आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदीप भट्टराईले बताउनुभयो । कतिपय जेष्ठ नागरिकमा चस्मा समस्या देखिएको थियो ।
अहिले भेटिएका ६८ जनामा मोतियाविन्दु समस्या भएर अप्रेशन गर्नु पर्ने विरामीहरुलाई आउदो मंसिर १२ गते कावासोतीको आमा समुहको हलबाट निःशुल्क शल्यक्रिया गरिने रोटरी क्लब अफ कावासोतीका अध्यक्ष हरिहर अधिकारीले बताउनुभयो ।
संस्थाका अध्यक्ष हरिहर अधिकारीको अध्यक्षतामा भएको शिबिरमा मध्यबिन्दु आँखा उपचार केन्द्रका प्रदिप भट्राई सहितको टोलिले सेवा प्रभाव गरेको थियोे । यसरी आफ्नै गाँउ ठाँउमा आँखा शिविर आएर निःशुल्क उपचार गर्न पाउँदा ७० वर्षिय मिना कुमारी पुरीले खुसि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति रामभक्त अधिकारीले यो तल्लो भेगका स्थानीयमा आखाको समस्याबाट ग्रसित रहेको र आर्थिक अभावकै कारण उपचार हुननसकेको भन्दै यो शिविर प्रभावकारी हुने बताउनुभयो । यहाँले आफ्नो क्षेत्रबाट सक्दो यस्ता खालका कार्यक्रमलाई निरन्तरर्ता दिदै जाने वडाअध्यक्ष अधिकारीले बताउनुभयो ।
शिविरमा रोटरी क्लब अफ कावासोतिका संस्थापक अध्यक्ष भरत शर्मा पोखरेल, केशबराज भट्राई , शिबलालल गिरी, यम नारायण थनेत, वडाअध्यक्ष तिलक राम न्यौपाने समाजसेवि स्थानीयहरुको उपस्थीतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण भने नारायण प्रसाद न्यौपानेले गर्नु भएको थियोे । मध्यविन्दु नगरपालिका वाड नम्बर १ , २ ,३ र ४ वडाका नागरिकले निःशुल्क आँखा परीक्षण गराएका थिए ।