कावासोती । खड्गदल गण “ग” गुल्मले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा अमलटारीमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम गरेको छ ।
कार्यक्रममा खड्गदल गणका प्रमुख सेनानी गणपति विकास अधिकारी , चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत देवेश श्रेष्ठ , होमस्टे महासंघका अध्यक्ष प्रेमशंकर मर्दनिया, होटल व्यवसाई संघ नवलपुरका अध्यक्ष सन्तोस राना मगर, मेजर हरि तिवारी , क्याप्टेन बसन्त श्रेष्ठ , कसराका सह सेनानी नारायण गिरि , वडाअध्यक्ष रामभक्त अधिकारी , वडाअध्यक्ष मानबहादुर महतो , हुम बहादुर महतो , आशिष गुरुङ लगायत , जिल्लास्तरका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीले अमलटारी स्थित शुभकामना आदान प्रदान भएसंगै निकुञ्जसँग जोडिएका तथा मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीय-तह र निकुञ्जबीचको सम्बन्ध,जैविक विभिधता संरक्षण तथा वन्यजन्तु संरक्षणका विषयमा सरोकारवाला व्यक्तित्व संग कार्यक्रममा छलफल भएको थियोे ।