२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर: दशैंको अवधिमा ८ सवारी दुर्घटना, ८९९ कारबाही

२०८० कार्तिक १२, आईतबार प्रकाशित ( साल अघि) ६२७ पाठक संख्या

कावासोती । नवलपुरमा अघिल्लो वर्षको तुलनामा यसवर्ष दशैंको अवधिमा सवारी दुर्घटनामा कमी आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार, जिल्लामा घटस्थापनादेखि पूर्णिमासम्म ८ वटा सवारी दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । भने  ८ जना  घाइते भएका थिए ।

सवारी दुर्घटनामा हुनुको मुख्य कारण चालकको लापरवाही हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालकको लापरबाही, साँघुरा सडक र क्षमताभन्दा बढी यात्रुले गर्दा सवारी दुर्घटना हुने गरेको हो । चाडपर्वको बेला हुने सवारी दुर्घटना हुँदा चाडपर्व खल्लो हुने गरेको छ।

यसैबीच दशैँको अवधिमा नवलपुरमा ट्राफिक प्रहरीले ८ सय ९९ सवारी साधनमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेर ७ लाख ११ हजार ५०० राजस्वसमेत संकलन भएको ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो ।

सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र लाइसेन्स नभएका, मादकपर्दाथ सेवन गरेका, क्षमता भन्दा धेरै यात्रु बोक्ने सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो ।

नवलपुरमा यसपालिको दशैँ शान्तिपूर्ण भएको छ । वडादशैको अवधीमा मात्रै २ सय ४० जना सवारी चालक मापसे कारवाहीमा परेका छन् । यसवर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालयले दशैतिहार लक्षित विशेष सुरक्ष, जाँच तथा अनुगमनमा कडाई गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस