२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन  

२०८० कार्तिक १४, मंगलबार प्रकाशित ( साल अघि) ५७४ पाठक संख्या

कावासोती ।  नारायणगढ – बुटवल सडक विस्तारको काम अलपत्र पारेको भन्दै गैँडाकोट लगायतका स्थानमा स्थानीयले सरकार र ठेकेदारविरुद्ध नाराबाजी गरेका छन् ।

शिलान्यास भएको ६ वर्षसम्म पनि सडकले पूर्णता नपाएका भन्दै नागरिकले सांकेतिक रुपमा सडक बन्द गरी विरोध जनाएका हुन् ।

‘बाटो अलपत्र पारेर ठेकेदार कता हरायो ? ’ ‘बाटो कहिले बन्छ सरकार ? ’ लगायतका प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए ।

20231031_1123242023 10 31 01 11 58.jpeg

सडक विस्तारको काम थालेको ३ वर्षमा सम्पन्न गरिसक्नु पर्नेमा करिब ५ वर्ष पुग्दासम्म पनि ३५ प्रतिशत भन्दा बढी काम गर्न नसकेको भन्दै ठेकदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनविरुद्ध मंगलबार भेडाबारीमा स्थानीयले महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए ।

सरकारको बेवास्ता र ठेकदारको चरम लापरबाहीविरुद्ध दबाब दिन आज गैंडाकोट नगरपालिका ११ भेडाबारीमा स्थानीयले आधाघन्टा चक्का जाम गरेर विरोध जनाएका हुन् । राजमार्ग ठप्प पार्दा यात्रुले समेत साथ दिएको स्थानीय लुकास धितालले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस