२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुर ट्राफिकको अभियान: १ सय ३५ सवारीको नम्बर प्लेट सुधार

२०८० कार्तिक १४, मंगलबार प्रकाशित ( साल अघि) ३७४८ पाठक संख्या

कावासोती । नवलपुर जिल्ला ट्राफिक प्रहरीले गाडीका नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ । नम्बर प्लेट स्पष्ट नहुँदा गाडी पहिचानमा समस्या भएपछि यस्तो अभियान सञ्चालन गरिएको हो ।

अभियान सञ्चालन गरेको दुई दिनमा १ सय ३५  गाडी  र मोटरसाइकलको नम्बर प्लेट सुधार गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका सूचना अधिकारी प्रहरी बरिष्ठ नायव निरीक्षक मिनबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो दिन हिजो ६९ जनाको नम्बर प्लेट र आज दोस्रो दिन ६६ जनाको सवारीसाधनमा प्रष्ट नदेखिने नम्बर प्लेट तत्काल नै सुधार गरिएको हो । ट्राफिक प्रहरीका अनुसार क्रमश: सबैभन्दा बढी मोटरसाइकल, ईरिक्सा, टेम्पो, ट्याक्टर, टिपर लगायतको नम्बर प्लेट नबुझिने र विभिन्न संकेतहरु राखिएको पाइएको छ ।

खासगरी नम्बर प्लेटहरुमा बढी मात्रामा राष्ट्रिय झण्डाको स्टिकर राख्ने गरिएको छ । यससँगै ओमशान्ति लेखिएको र अन्य विभिन्न चिन्ह पनि राखेको पाइएको ट्राफिक प्रहरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१९%७%६%२%

प्रतिक्रिया दिनुहोस