नवलपुर । शुक्रबार मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६:४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
प्रहरी र स्थानीयका अनुसार हालसम्म रुकुममा मात्र २८ जनाको मृत्यु भएको छ ।
जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले जानकारी दिए। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा ठूलो क्षति भएको छ ।