कावासोती । शैक्षिक भ्रमणका लागि नवलपुरको हुप्सेकोटबाट धरान गएको बस दुर्घटनामा पर्दा १६ विद्यार्थी घाइते भएका छन् । जसमध्ये ५ जना विद्यार्थी हुप्सेकोट गाउँपालिका – ४ स्थित जनकल्याण राष्ट्रिय माविका रहेका छन् ।
हुप्सेकोटबाट विद्यार्थी बोकेर हिडेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिदा धरान उप-महानगरपालिका – १३ स्थित धरान–धनकुटा सडकखण्डमा दुर्घटना भएको हो ।
स्याङ्जा, नवलपुर र म्याग्दीबाट शैक्षिक भ्रमणमा विद्यार्थी बोकेर गएका बस एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनायो । ब्रेकफेल भएको हुप्सेकोटको बसले म्याग्दीबाट शैक्षिक भ्रमणमा गएको ग २ ख १५८३ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको प्रहरीले जनायो । घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
घाइतेहरूको नाम र अवस्था
१) हुप्सेकोट गा.पा- ४ बस्ने बर्ष १६ को तुल बहादुर राना:- दाहिन कुम र दाहिने खुट्टामा चोट अवस्था सामान्य
२) हुप्सेकोट – ४ बस्ने बर्ष १४ को एलेक्स थापा ढाडमा चोट :- अवस्था सामान्य
३) हुप्सेकोट – ४ बस्ने बर्ष २४ की जयन्ती भूजेल :- दाहिने खुट्टामा चोट अवस्था सामान्य
४) हुप्सेकोट – १ बस्ने बर्ष सुनिता कुमारी न्यौपानेकी छोरा बर्ष ३ को सुयोग अधिकारी:- निधार र टाउकोमा चोट अवस्था सामान्य
५) कावासोती – १ बस्ने बर्ष ४० की सिता भुताल निधारमा चोट अवस्था सामान्य