कावासोती । नवलपुरमा एक महिलाको भिरबाट लडेर ज्यान गएको छ ।
बौदीकाली गाउपालिका वडा नं: २ खहरे घर भएकी ५८ वर्षीया निर्मला श्रेष्ठको भीरबाट लडेर ज्यान गएको हो । निर्मला शुक्रबार विहान ९ बजे सामुदायिक वनमा घाँस काट्न गएकी थिएन् ।
घर नजिकैको मिथुकरम सामुदायिक वनमा घाँस काट्न गएकी श्रेष्ठ अवेरसम्म घर नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान भिरबाट लडेर चोटपटक लागेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी भिरबाट लडेर झण्डै २५ मिटर तल खसेको अवस्थामा फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।