कावासोती । कोल्हुवा खानेपानी संस्थाको अधिवेशन हुने भएको छ । मध्यबिन्दु नगरपालिका वार्ड नं २ कोल्हुवामा रहेको कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशन आउँदो माघ १० गते हुने भएको हो ।
संस्थाको अधिवेशन निर्वाचन प्रकृयाबाट हुने हुँदा अधिवेशनको लागी सबै उपभोक्ताले यहि मङ्गलबार साँझ ४:०० बजेसम्म कार्तिक महिनाको महसुल मंसिर मासन्तसम्मको मिटर रिडिङ सबै बाँकी महसुल भुक्तानी गरिदन्न कार्यवाहक अध्यक्ष सुभाष चन्द नेपालले आग्रह गर्नुभएको छ ।
संस्थाको अधिवेशन मिति नजिकिदै गर्दा चुनावी रौनकता पनि थपिदै जान थालेको छ । अधिवेशनको मिति तय भएसँगै खानेपानीको चुनावी सरगर्मी बढ्दै जान थालेको हो ।