कावासोती । हर्ष उल्लासको पर्व माघीको अवसर पारेर पूर्वी नवलपरासीमा खिचरी उत्सव लागेको छ ।
नवलपुर पर्यटन समितिको आयोजनामा संंचालित पाँचौँ नवलपुर खिचरी उत्सवमा दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ ।
माछा,चिचर र घोगी लगायत थारु भान्साका परिकार, स्थानीय मध्यवर्ती वनमा जिप सफारी, विविध सांस्कृतिक कार्यक्रमले उत्सवलाई भव्य बनाएको छ ।
पुस २७ देखि कावासोती १० चिलाहा रतवलमा सञ्चालित महोत्सव माघ २ गते सम्म चल्ने आयोजक समितिले जनाएको छ । यसै गरी पूर्वी नवलपरासीको पिप्रहरमा पनि ३ दिने माघी मेला लागेको छ ।