२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

दुमकौली स्थित चौधरी उद्योगले प्रदुषण फैलाएको भन्दै स्थानियद्धारा बिरोध

२०८० माघ ४, बिहिबार प्रकाशित (0 महिना अघि) ४६९ पाठक संख्या

कावासोती । दुमकौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदुषण फैल्याएको भन्दै स्थानिय बिरोधमा उत्रेका छन ।

चौधरी उद्योग रहेको गाउको सुन्दरवस्ती टोल बिकास संस्थामा आबद्ध स्थानियहरु बिरोधमा उत्रिएका हुन । कारखाना संचालन गर्दा उडेको धुलोले गाउलेहरु घरबाहिर समेत निस्कन नसक्ने भएको भन्दै उनिहरुले मुलगेटममा बिहिवार नाराबाजी गर्दै धर्ना दिएका हुन । प्ले कार्ड सहित बिरोधमा निस्केका स्थानिय बासिन्दाले बिहिवार मुल गेटमा धर्ना दिएका थिए ।

कारखाना रहेको देबचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष शरद घिमिरेको नेतृत्वमा स्थायिनले बिरोध गरेका हुन । चौधरी उद्योगको कारखानाको प्रदुषणले घरबाहिर निस्कनै नमिल्ने भएको छ स्थानियले जति अनुनय बिनय गर्दापनि कारखानाले अटेर गरेका कारण बिरोधमा उत्रिन बाध्य भएको वडा अध्यक्ष घिमिरेले भने त्यत्रो अर्बौ लगानीका कारखाना संचालन गरेको छ ब्वाइलरको धुलो उडेर गाउमा बस्नै नसकिने अबस्था छ । कारखाना संचालन गर्न चलाइने ब्वाइलर ( धानको भुसवाट संचालन गरिने ) ले यति कालो मुस्लो धुवा फालेर धुलोका काणले बाहिर निस्कनै नसकिने भएको छ ।

खरानी र कालो धुलो ह्वारह्वाती झर्छ । घर र खेतवारी कालै छ स्थानिय भन्छन त्यसैको बिरोध गरेका हौ । मर्मत गरेर मात्र चलाउन भनेका छौ टेदैन । गाउलेहरुले स्वच्छ वातावरण देउ भनेर पटक पटक कारखानामा ज्ञापनपत्र बुझाउदा समेत अटेर गरेकाले बिरोधमा उत्रिएको स्थानिय बताउछन ।

अब दुई दिन भित्र प्रदुषण पुरै नियन्त्रण गर्छौ भनेर कारखाना ब्यबस्थापनले आज आस्वस्त पारेको छ नगरे शनिवारवाट कारखाना चल्न दिदैनौ वडा अध्यक्ष घिमिरेले भने अर्बौ लगानीको कारखानाले प्रदुषण फैल्याएर बस्ती जोखिममा पार्न मिल्छ ?

यहा रहेको चौधरी उद्योग ग्रामले चाउचाउ, बियर , रियो र चुरोट उत्पादन गर्दै आएको छ । चौधरी उद्योग ग्राम नेपालका चर्चित उद्योगपति नेपाली कांग्रेसका नेता तथा सांसद बिनोद चौधरीको उद्योग हो । यो उद्योगले २२ सय जनालाइ प्रत्यक्ष रोजगारी दिएको छ । यो कारखाना जिल्लामै बढि कर बुझाउने तेश्रो ठुलो कारखाना हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस