कोल्हुवा । भारतको अयोध्यास्थित नवनिर्मित भगवान् श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसर पारि कोल्हुवामा पनि धार्मिक कार्यक्रम हुने भएको छ । मध्यविन्दु – २ वडा कार्यलय प्राङणमा दीप प्रज्लन तथा भजन कृतन कार्यक्रम भव्यरूपमा गरिने वडा अध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।
भगवान रामको नयाँ स्वरुपको प्राण प्रतिष्ठाप्रति एक्यवद्धता जनाउनका लागी धार्मीक संघ संस्था तथा भजन कृतन समुहहरु सबै मिलिजुलि कार्यक्रम गर्न लागेको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । भारतमा आगामी जवनरी २२ अर्थात यहि माघ ८ गते सोमबार भगवान रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिदैछ ।
भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या भगवान् रामको जन्मभूमि हो । त्रेतायुगमा भगवान् राम र मिथिलाका राजा जनकपुत्री सीताबीच विवाह भएको थियो । त्यसैले माता सीताको जन्मभूमिमा भव्यताका साथ प्राणप्रतिष्ठाका दिन खुशियालीमा दीप प्रज्वलन र सीताराम नामको भजन गर्न लागेको कार्यक्रमका प्रचार प्रचार संयोजक मुक्ति प्रसाद पराजुलीले बताउनुभयो ।