कोल्हुवा । कोल्हुवा खानेपानी उपभोक्ता समितिको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।
कुल १ हजार ५ सय ३८ मतदाता रहेको समितिको नयाँ कार्यसमितिका लागि कोल्हुवा स्थित कुमारवर्ती माध्यमिक विद्यालयमा विहान १० बजेबाट मतदान शुरु भएको हो।
अपरान्ह ४ बजेसम्म मतदान हुने निर्वाचन अधिकृत गणेश सापकोटाले जानकारी दिनुभएको छ । समितिको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुँदैछ । नयाँ नेतृत्वका लागि सक्रिय राजनीतिक दलहरु एकल तथा गठबन्धन बनाएर चुनावी मैदानमा छन् ।
काँग्रेससहितको गठबन्धनबाट अध्यक्ष पदमा नारायण पौडेल उमेद्वार हुनुहुन्छ भने एमालेबाट अध्यक्ष पदमा सरस्वती पन्थी चुनावी मैदानमा हुनुहुन्छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रतिस्पर्धा छ । स्वतन्त्र पार्टीबाट अध्यक्षका लागि कुम नारायण महतो थारु चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।