कोल्हुवा । कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा त्रिभुवन आर्मी क्लब र सेन्टर कलेज फोर ब्रोर्दर भुमही बीच सेमीफाइनल प्रवेशका लागि भिड्दैछन् ।
मध्यविन्दु नगरपालिका – २ कोल्हुवा स्थित राइनो रंगशालामा अपराह्न ३ बजे हुने यी दुई टोलीबीच दोस्रो सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ्न्न । आजको विजेता टोली प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्नेछ ।
त्यस्तै हिजो भएको खेलमा बागमती प्रदेशलाई १–० गोल अन्तरले हराउँदै एपीएफ प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको छ । एपीएफको जितमा सुमन श्रेष्ठले विजयी गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा पेनाल्टीमा उनले गोल गरेका हुन् ।
बागमतीले बराबरीको अवसर भने बारम्बार गुमायो । प्रितम स्यान्बो पेनाल्टीमा चुकेपछि बागमतीले बराबरीको अवसर गुमाएको थियोे । एपीएफका एन्जल श्रेष्ठले प्रितमको पेनाल्टी प्रहार खत्त्रा तरिकाले बचाएका थिए । यही माघ २७ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल फागुन ९ गते हुनेछ । ए डिभिजन, बिभागीय टिमहरुको समेत सहभागिता रहेको यो खेलमा पहिलो र दोश्रो हुने टिमले ८ लाख र ४ लाख नगद पाउनेछन् ।