२०८२ बैशाख ६, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

२०८० फागुन ४, शुक्रबार प्रकाशित ( साल अघि) ११८७ पाठक संख्या

कावासोती । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८० नवलपुरमा हुने भएको छ ।

प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता यही फागुन ११ गतेदेखि १३ गतेसम्म आयोजना हुने भएको हो ।

नवलपुरको कावासोती रङ्गशालामा सञ्चालन हुन लागेको  प्रतियोगितामा प्रदेशका ११ जिल्लाबाट जिल्ला स्तरीय रनिङ शिल्डबाट विजेता खेलाडी तथा टिमको सहभागिता रहनेछ।

उक्त प्रतियोगिताको आयोजनाको जिम्मा जिल्ला खेलकुद विकास समिति नवलपुरले पाएको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले जानकारी दिनुभयो ।

जिल्लाका स्थानीय तह तर्फबाट प्रतियोगिताका लागि ३० लाख लागत सहभागीता हुने निश्चित भए पछि प्रदेश खेलकुद परिषदले नवलपुरलाई प्रतियोगिता आयोजनाको जिम्मा दिएको हो । नवलपुरमा इतिहासमै पहिलो पटक आयोजनाको संचालन र ब्यवस्थापन गर्ने अवसर जिल्ला खेलकुद विकास समितीले पाएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरू हुनेछन् । प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु एथ्लेटिक्स अन्तर्गतका हाइजम्प, लङजम्प, सटपुट, त्रिपल जम्प, ज्यावलिङ थ्रो, दौड, रिले दौड लगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुने गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव शर्माले बताउनुभयो । साथै यस वर्ष उसु , कराते , तेक्वान्दो खेलमा केही इभेन्ट थप गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%४%३%

प्रतिक्रिया दिनुहोस