२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा अभिभावकलाई उद्घोषण तालिम सम्पन्न

२०८० फागुन ४, शुक्रबार प्रकाशित ( महिना अघि) ६९८ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यविन्दु नगरपालिका –२, कोल्हुवामा रहेको न्यू ज्ञान ज्योति बोडिङ स्कुलले अभिभावकलाई उद्घोषण तालिम प्रदान गरेको छ । स्कुलले अभिभावको क्षमता विकासका लागि तालिम प्रदान गरेको प्रिन्सिपल दीपक भण्डारीले बताउनुभयो ।

स्कुलका विद्यार्थीलाई गुणस्तरीय शिक्षा, प्रविधि मैत्री शिक्षा, ज्ञान ,सीप प्रदान गर्नु विद्यालयको नियमित कार्य भएपनि अभिभावकको समेत क्षमता विकास गर्दा विद्यार्थीको समग्र विकासमा थप सहयोग पुग्ने भएकाले तालिमको आयोजना गरिएको प्रिन्सिपल भण्डारीले बताउनुभयो ।

अभिभावकले आफ्नो विद्यार्थीका बारेमा विद्यालयसँग प्रभावकारी समन्वय गर्ने जिज्ञासा राख्दा विद्यार्थीको शैक्षिक विकासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने हुँदा  अभिभावको समन्वयात्मक र बोल्ने क्षमता विकास गर्न तालिम राखिएको उहाँले बताउनुभयो । आगामी दिनमा विद्यार्थीको ज्ञान ,सीप विकाससँगै अभिभावकका लागि समेत आवश्यकता आधारमा तालिमहरू सञ्चालन गर्दै जाने प्रिन्सिपल भण्डारीले बताउनुभयो ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रिन्सिपल भण्डारीले आफूहरू नयाँ व्यवस्थापनका साथ शैक्षिक सुधार, विद्यार्थीहरू कुनैपनि क्षेत्रमा प्रतिस्पर्धात्मक रुपमा उभिन सक्ने बनाउन, चौतर्फी ज्ञानको विकास सहित  प्रविधिको पहुँच र सिकाइ बढाउने गरि लागेको उहाँले बताउनुभयो ।
तालिमको समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र बहादुर एमसीले विद्यालयले फरक रुपमा कार्यक्रम गरेकोमा धन्यवाद दिनुभयो । विद्यार्थीको सिकाइ स्तर सुधारमा अभिभावको भूमिका समेत रहने र यसका लागि  उनीहरूको क्षमता विकास गर्नुपर्छ भन्ने उद्देश्यले रचनात्मक कार्यक्रम गरेकोमा धन्यवाद प्रकट गर्नुभयो ।

समापन सत्रमा बोल्ने तालिमका सहभागिले विद्यालयको नयाँ कार्यक्रमले आफूहरूको क्षमता थप वृद्धि भएको भन्दै विद्यालय परिवारलाई धन्यवाद दिएका थिए । विद्यालयमा सञ्चालन गरिएको तालिमको प्रशिक्षकका रुपमा दयाराम आचार्यले सहजिकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस